News Portal

कोरोना संक्रमणबाट एकै दिन दुइ सय ४६ जनाको मृत्यु

एकैदिन मत्यु हुने अहिलेसम्मकै उच्च

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ५ जेठ
२९ पटक
काठमाण्डौ, ५ जेठ

नेपालमा कोरोना भाईरसको संक्रमणबाट एकै दिन २ सय ४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ ।

कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर विधिबाट ८ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ९ गरी ८ हजार १ सय ७३ जना संक्रमित भेटिएको जानकारी दिए ।

प्रबक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार ९ सय ८९ जना रहेको छ ।

प्रतिकृया दिनुहोस्