News Portal

गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार, पुरानै मन्त्री दोहोरिए

सत्ता टिकाउनका लागि दीपक मनाङे लाई मन्त्री बनाएकोमा पुःन आलोचना

ईसगरमाथा संवाददातापोखरा, ५ जेठ
२७ पटक
पोखरा, ५ जेठ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गरेका छन् । संसदमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस सहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि बैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एकसाता पछि मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई पुनः नियुक्त गरेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङसंगै रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनलाई निवाविभागिय मन्त्रीमा नियुक्त गरेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले आज ४ जनालाई सपथ खुवाएकी हुन् । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी भएनन् । उनी काठमडौं भएकाले आउन नपाएका हुन् ।

नवगठित मन्त्रीपरिषदमा यसअघिको मन्त्रिमण्डलमा जिम्मेवारी लिएका पूरानै अनुहारहरु दोहोरिएका छन्। मुख्यमन्त्री गुरुङले प्रि–बजेटको तयारी थाल्नका लागि भौतिक र अर्थमन्त्री मात्रै नियुक्ति गर्ने योजना बनाएको भएपनि पार्टीका नेताहरुसंगको छलफलपछि पुरानै मन्त्रीलाई पुनः मन्त्रीमा नियुक्त गरेका हुन् ।

सुरुमा प्रि–बजेटको तयारी थाल्ने मुख्यमन्त्रीले पूर्वमन्त्रीत्रय रामशरण बस्नेत, किरण गुरुङ र राजीव गुरुङ ‘दीपक मनाङे’ लाईमात्र दोहो¥याउने अडान लिएका थिए । तर,पार्टीमा असन्तुष्टि बढेपछि पुराना सवै मन्त्रीलाई दोहोराउन उनी सहमत भएका हुन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु बोलाएपछि कृषि मन्त्रालय मुख्यमन्त्री आफैंले र कानुन मन्त्रालय रामशरण बस्नेतले सम्हाल्दै आएका थिए । अहिले पनि मुख्यमन्त्री गुरुङले ती मन्त्रालय खाली राखेका छन् ।

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङ २९ गने पुन नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङलाइ कोरोना संक्रमण भएपछि मन्त्रीमण्डल विस्तार हुननसक्दा बजेट, नीति तथा कार्यक्रम प्रभावित हुदै गएका थिए । आगामी असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणको काम पनि प्रभावित भएका छन ।

मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय समेत थप्ने भएका छन् । सत्ता टिकाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने भएका छन् । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।

सामाजिक विकास मन्त्रालय फुटाएका मुख्यमन्त्री गुरुङले अब उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर कम्तीमा १० वटा मन्त्रालय पु¥याउन लागेका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङे प्रतिपक्षले संसदमा अविश्वास प्रस्ताव ल्याएपछि सत्ता जोगाउनका लागि सांसद दिपक मनाङेलाई गत बैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेदकुद मन्त्री बनाएका दिए ।

तर,मुख्यमन्त्री गुरुङले आँफू बिरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताबमा मतदानहुनु भन्दा अघिल्लो दिन राजिनामा दिएपछि मनाङेको मन्त्रीपद १० दिनमै गुमेको थियो । मुख्यमन्त्री गुरुङले १० दिन मात्र मन्त्री बनाएका मनाङे सहित ५ जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले आफ्नो पद जोगाउनका लागि अपराधिक पृष्ठभूमीका मनाङेलाइ मन्त्री बनाएकोमा चर्को आलोचना भएको छ ।

प्रतिकृया दिनुहोस्