News Portal

गण्डकीमा थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म ४५२ले ज्यान गुमाए

ईसगरमाथा संवाददातापोखरा, ५ जेठ
२५ पटक
पोखरा, ५ जेठ

गण्डकी प्रदेशमा थप ६८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६९७ जनाको नमुना परीक्षण गरिएकोमा ६८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिएको नमुना परिक्षणमा ३०८ महिला र ३८० जना पुरुष संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा १७६, स्याङजामा ९, बाग्लुङमा ७०, पर्वतमा २२, म्याग्दीमा ६८, मनाङमा १३, मुस्ताङमा १०, तनहुँमा ५६, गोरखामा १२९, लमजुङमा ७ जना र नवलपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ ।

गण्डकीमा थप पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४५२ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा एकै दिन ३० जनाको मृत्यु भएको यो पहिलो घटना हो ।  दोस्रो भेरियन्टको कोरोना संक्रमण फैलिएको भन्दै स्थानिय प्रसाशनले बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरे पनि गण्डकी प्रदेशमा संक्रमित र मृतकको संख्या तीव्ररुपमा बृद्धी भएको छ ।

बुधबार गण्डकी प्रदेशमा अहिले सम्मकै धेरै ३० जना कोरोना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार बुधबार कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका ८ जना रहेका छन् । त्यस्तै, स्याङजाका ७, पर्वत र तनहुँमा ५÷५, गोखराका ३ र नवलपुरका २ जना छन् । मृत्यु हुनेमा ३० देखि ९२ उमेर समूहका रहेको निर्देशक डा.शर्माले बताए । योसंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५२ पुगेको छ ।

प्रदेशभर पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ८८ पुगेको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ हजार २ सय ७१ रहेको छ । पछिल्लो २४ घन्टामा गण्डकीमा ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ९ सय ६५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्