News Portal

कास्कीमा जेठ १४ गतेसम्म कडा निषेधाज्ञा

अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने

ईसगरमाथा संवाददातापोखरा, ५ जेठ
३१ पटक
पोखरा, ५ जेठ

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा थप गरेको छ । प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत बैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ ७ गते देखि लागू हुने गरी १४ गते सम्म थप गरेको हो ।

नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाइ रोक्नका लागि प्रशासनले यस अघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअधि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले थप एकसातालका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन् । तोकिएको समयमा अत्यावश्यक खाद्यान्तका पसल र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्नुपर्ने छ ।

त्यसका लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन रं बिक्री वितरण गर्न पाइने ब्यवस्था गरिएको छ ।

त्यसैगरी सर्बसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

सार्वजनिक तथा निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र एकमात्र सवारी साधानमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी, श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने जनाइएको छ । त्यसैगरी सरकारी प्राथमिकता प्राप्त आयोजनाको निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखा मात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवामात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने पाउने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाइ परिचय पत्र र कार्यालय पोशाक आधारमा बिहान १० देखि साढे ३ सम्म आवतजावत गर्न सक्ने छन् ।

प्रतिकृया दिनुहोस्