News Portal

कोरोना संक्रमणवाट डीएसपी केसीको निधन

ईसगरमाथा संवाददाताकाठमाडौं, ६ जेठ
२० पटक
काठमाडौं, ६ जेठ

कोरोना संक्रमणको कारण महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बिहिवार बिहान उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई दुई हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी प्रहरी संगठन भित्र इमानदार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

प्रतिकृया दिनुहोस्