News Portal

दाउन्नेमा बस दुर्घटना हुँदा चारको मृत्यु, ४२ घाइते

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ६ जेठ
२२ पटक
काठमाण्डौ, ६ जेठ

काठमाडौंबाट रुकुमका लागि छुटेको ना५ख २७१३ नम्बरको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ ।

बर्दघाट नगरपालिका स्थित दाउन्ने भीरबाट बस करिब १ सय ५० मिटर तल खुर्सानी खोलामा खस्दा ४२ घाइते भएकोे प्रहरीले जनाएको छ । एकजना बसमै च्यापिएको अवस्थामा पाइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा देवीसहित त्रिवेणी गाउँपालिकाकी २७ वर्षीय कल्पना पुन, सिस्ने गाउँपालिकाका धनराज घर्ती र मुसिकोट नगरपालिकाका १ का २१ वर्षीय गोपाल ओली रहेका छन् ।

निषेधाज्ञाको समयमा करिब ५० जना यात्रु बोकेर बस नवलपरासीसम्म कसरी आयो भन्ने प्रश्न उब्जिएको छ  ।

प्रतिकृया दिनुहोस्