News Portal

२१ घण्टामा प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आब्वहन

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ६ जेठ
३३ पटक
काठमाण्डौ, ६ जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यहरूलाई राष्ट्रपतिको आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जेठ ७ गत साँझ ५ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हालको बिकसित घटनाक्रम अनुसार विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तिको आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।

यसका लागि उनले जम्मा २१ घण्टा समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्