News Portal

गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

ईसगरमाथा संवाददातापोखरा, ७ जेठ
३२ पटक
पोखरा, ७ जेठ

पोखराका थप दुइ वटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँबजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सगं सम्झौता गरेका छन् ।

यस अघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गरिदै आएको थियो । सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले पहिले कोरोना संक्रमितको सशुल्क उपचार गर्दै आएका थिए ।

यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सय देखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गण्डकी मेडिकल कलेजले सरकारसंग कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्ने सहमति गरेपछि अस्पतालमा आवस्यक तयारी थालिएको कलेजकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.टुमाया घलेले जानकारी दिइन् ।

सरकारसंगको सम्झौतामा जटिल अवस्थाका बिरामीको उपचारमा एक दिनमा १५ हजारभन्दा बढी खर्च लागेको अवस्थामा त्यो थप रकम बिरामीले तिर्नु पर्ने गरिसम्झौता भएको डा.घलेले बताइन् । उनका अनुसार सरकारले सामान्य अवस्थाको कोरोना बिरामीको लागि ३ हजार ५ सय, मध्यम अवस्थाको बिरामीको ७ हजार ५ सय र जटिल प्रकारको बिरामीका लागि १५ हजार दैनिकरुपमा बेहोर्ने गरी सम्झौता भएको बताइन् । तर जटिल प्रकारको विरामीका लागि अक्सिजनको मात्रा, रेम्डिसिमर लगायतका महंगो औषधीको प्रयोग गर्नुपरेको अवस्थामा १५ हजार सरकारले बेहोर्ने भएपनि त्यस भन्दा माथि लागेको खर्च विरामी आफैले तिर्नुपर्ने उनको भनाई छ ।

डा.घलेले अधिकाँस गम्भिर खालका विरामीहरु अस्पतामा आउने गरेको बताइन । ‘हाम्रो अस्पतालमा आउने अधिकाँस विरामी गम्भिर खालका छन्’ उनले भनिन् ।‘गम्भिर खालका विरामीलाई दैनिक १५ हजारको खर्चले उपचार पुग्दैन,त्यसकालागि कुन औषधि प्रयोग हुन्छ ।त्यस अनुसार थप रकम आस्यक पर्छ। त्यौ विरामीले तिर्नूपर्छ।’

उनले अस्पतालमा अहिले ५६ आइसिय बेड र १९ वटा भेन्टिलेर रहेको बताइन् । उनले अहिले सम्म अस्पताल आएका कुनै पनि विरामीलाइ फिर्ता नपठाएको दावी गरिनन् । ‘हाम्रो टिचिङ्ग अस्पताल भएकाले अस्पताल आउने सवै खालका विरामीका उपचार गर्दै आएका छौं’उनले भनीनन् । ‘अस्पतालमा उपचार गराउन आएका कुनै पनि विरामीलाई अहिलेसम्म फिर्ता पठाएका छैनौं,सवैको जेनतेन उपचार गर्दै आएका छौ।’ डा. घलेले पछिल्लो समयमा धेरै औषधिको अभाव भएको र औषधि जन्य सामग्रीमा अस्वभाविक मुल्य बृद्धी भएकाले समस्या भएको बताइन ।

गण्डकी मेडिकल कजेजमा आइसिय १ सय भन्दा बढी संक्रमितको उपचार हुदै आएको छ । हाल अस्पतालको आइसियुमा ५६ जना, एचडियुमा १५ जना, क्याबिनमा ३ जना र आइसोलेसन बेडमा समेत विरामी भर्ना भएका छन ।

त्यसैगरी मणिपाल शिक्षण अस्पतालले समेत सशुल्क उपचार गर्दै आएकामा सरकारसंगको सम्झौतापछि संक्रमितको निःशुल्क उपचा गर्ने तयारी थालेको छ । अस्पतालले कोरोना संक्रमितका लागि ७७ बेड छुट्टाएको भएपनि हाल जम्मा ४५।४५ जना विरामीको मात्र उपचार गर्दै आएको छ ।

सरकारसंगको सम्झौतापछि अस्पतालले सवै बेडमा संक्रमित राख्नेगरी तयारी आगाडी बढाएको जनाएको छ । सरकारले जिएमसी र मनिपालसँगै देशभरका अरु अस्पतालहरुसँग पनि कोरोनाको निःशुल्क उपचार गर्ने सहमति गरेको छ ।

प्रतिकृया दिनुहोस्