News Portal

हत्या गरी खाल्डोमा पुरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

ईसगरमाथा संवाददाताकाभ्रे, ७ जेठ
३४ पटक
काभ्रे, ७ जेठ

श्रीमती हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । काभ्रेको चौँरीदेउराली चौँरीदेउराली गाउँपालिका– ९ गोठपानी कालिमाटीकी २२ वर्षीया सुमिना गुरुङको हत्याको आरोपमा महिलाका श्रीमान् २८ वर्षीय सोनाम लामा र ससुरा ६६ वर्षीय च्याङ्बा भनिने चन्द्रबज्र लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सुमिनाको सवलाई गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार चौँरीदेउराली गाउँपालिका– ९ गोठपानीका सोनाम लामा र तनहुँ जिल्ला बन्दीपुर नगरपालिका– ४ लोहीकी सुमिना गुरुङको दुई वर्षअघि प्रेमविवाह भएको थियो । उनीहरू परिवारका साथमा घरमै बस्दै आएका थिए । उनीहरूको १८ महिनाको छोरा पनि छन् ।

अन्तर्जातीय, पारिवारिक बेमेलका कारण उनीहरूबीच केही समयदेखि झगडा हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुमिना ०७८ जेठ १ गते दिउँसोदेखि गाउँबाट हराएकाले स्थानीयहरूको सहयोगमा खोजतलास सुरु गरिएको थियो । माइतीमा पनि सुमिनाका बाबु विष्णुबहादुर गुरुङ र आमा जुनु गुरुङलाई छोरी हराएकोबारेमा जानकारी गराइएको थियो ।

मृतकका श्रीमान् लामाले आफ्नो श्रीमती हराएको भन्दै स्थानीय प्रहरी चौकीमा निवेदन दिएका थिए । मृतकका माइती तथा बुबाआमाले ज्वाइँमाथि शंका गरिरहेका थिए । त्यही निवेदन र माइती पक्षको शंकाको आधारमा प्रहरीले खोजतलास गरिरहेको थियो ।

प्रहरीले सूचनाको आधारमा जेठ ५ गते बुधबार लामालाई नियन्त्रणमा लिएपछि गाडेको रहस्या खुल्यो । प्रहरीले लामालाई गाडिएको स्थान देखाउन भनेपछि लामाले श्रीमती गाडेको स्थानमा पु¥याए । गाडिएको ठाउँबाट मृतक गुरुङलाई निकाली पोस्टमार्टमका लागि अस्पताल पठाएर मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्