News Portal

कविता

२९३ पटक

-साबी घिमिरे

अझै त मुटु यो तातै छ, अझै त रगत रातै छ
यो नेपाली माटोले दिने पहिचान साथै छ
आउनोस् शंखनाद् गरौं मिलेर अब उद्घोष गरौं
आओस् जावोस् जो कोही तर मुटुमा नेपाली माटै छ !!!

मुटु त्यो साँच्चै तातै छ र चिस्सिएको छैन भने,
रगत अझै रातै छ र पानी बनेको छैन भने
आयातित विचार बोकेरै पनि गलि सकेका छैनौं भने
जीउँदै लाश बनेर यदि ढलि सकेका छैनौं भने‘
आउनुहोस् शंखनाद् गरौं मिलेर अब उद्घोष गरौं
आओस् जावोस् जो कोही तर मुटुमा नेपाली माटै छ !!!

आजकालागि मात्रै हैन पुस्ता’लाई दिन पनि
शिर न झुकोस् सन्तान सामु आँखा जुधाउँदा पनि
एक मुट्ठी दृढता बोकौं अ’बेर भो देश बचाउन भनि
पूर्खा देखिको अमिट हाम्रो बलियो साहस आँटै छ
आउनुहोस् शंखनाद् गरौं मिलेर अब उद्घोष गरौं
आओस् जावोस् जो कोही तर मुटुमा नेपाली माटै छ !!!

प्रतिकृया दिनुहोस्