News Portal

प्रधानमन्त्रीका लागि ओली र देउवा दुबैको दाबी पुगेन, संसद भंग गर्न ओली सफल

ईसगरमाथा संवाददाताकाठमाडौं, ७ जेठ
३८ पटक
काठमाडौं, ७ जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् । यससँगै अब केपी शर्मा ओलीको योजना मुताबिक नै संसद भंग गरेर मध्यावधि चुनावमा जाने पक्का भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यहरूलाई राष्ट्रपतिको आह्वान गरे अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस सभापति देउवाभन्दा पहिले केपी ओलीले प्रधानमन्त्रीमा दाबी गरेका थिए । ओलीले नेकपा एमालेका एक सय २१ र जसपाका ३२ सांसदको हस्ताक्षरसहित संविधानको धारा ७६ (५)को प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

देउवालाई प्रधानमन्त्रीमा दाबी गर्न कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधव नेपाल समूहको संयुक्त विपक्षी गठबन्धनका तर्फबाट देउवाले एक सय ४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा पुगेर दाबी पेस गरेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन प्रतिनिधिसभाका एक सय ४९ जना सांसदले हस्ताक्षर संकलन गरेका छन् । जसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र माधव नेपाल समूहका २७ जना सांसदले हस्ताक्षर गरेका थिए ।

प्रतिकृया दिनुहोस्