News Portal

आधुनिक डाक्टर, बैद्य र उपचार विधि अनि त्यस्तै राजनीति

५० पटक

-ओम शर्मा चापागाई
आधुनिक चिकित्सा शास्त्र पढेका डाक्टरले नानाथरिका जाँच पट्ताल गर्दा पनि पत्ता लगाउन नसकेका कतिपय रोग बैद्य बाले नाडी छामेर पत्ता लगाईदिन्छन् ।

राजनीतिमा पनि त्यस्तै सुत्र लागु हुन्छ । प्रभावशाली भनिएका प्राय सवैको नाडी छामेर मनग्गे अनुभव हालिस गरेका वर्तमान पीएम रोग अनुसारको उपचार विधिमा पनि माहिर सावित भए ।

आफूसँगै उपयुक्त स्थानमा सोही खालका बैद्य राखेर उपचार गर्न समेत भ्याए । त्यति मात्र होइन अत्यावश्यक उक्त केही स्थानमा आगामी केही वर्षका लागि उपचारमा सघाउन वैद्यहरु तम्तयार अवस्थामा छन् । स्वदेशमा मात्र होइन विदेशमा पनि भरपर्दा वैद्य छन् । आवश्यक परेमा उनिहरु रातारात परिचालित भईहाल्छन् ।

यस किसिमको चाँजो पाँजो रातारात भएको हाईन केही वर्ष पहिलादेखिको रणनीति हो । थियो । तसर्थ राजनीतिमा उपचार खोज्ने व्यक्तिले विकल्प पनि खोज्नुपर्छ । एउटै बाटो र व्यक्तिको भर पर्न हुँदैन । राजनीतिक निदानका लागि छटपटिएकाहरुले उक्त दिन सितल निवास भन्दा बाहिर पनि निदानको विकल्प हुन सक्छ भनेर सोच्नुपर्दथ्यो । सोही अनुसार तत् तत् स्थानतिर पनि विधि र प्रक्रियामा जान पर्दथ्यो । २० /२२ घण्टा कम थिएन  होइन ! सुझ बुझ पुगेन ! अस्तु ।

प्रतिकृया दिनुहोस्