News Portal

२७० किलो गाँजा सहित भारतिय नागरिक पक्राउ

ईसगरमाथा संवाददाताचितवन, १३ जेठ
२२ पटक
चितवन, १३ जेठ

भारतिय ट्रकमा लुकाई छिपाई गाँजा ओसार पसार गर्दै गरेको अवस्थामा २७० के.जी. गाँजा सहित बिहिवार एक जना भारतिय नागरिकलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा NL 01 N 6867 नम्बरको भारतिय ट्रकमा सवार भारत बिहारको पुर्वी चम्पाचरण घर भएको २५ वर्षका पिन्टुकुमार रहेका छन् । बिरगंज हुँदै भारततर्फ लैजान लागेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा. १ स्थित प्रहरी बिट लोथर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको सम्बन्धमा अनुसन्धान भईरहेको छ । पक्राउ परेका निज पिन्टु कुमारलाई चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रतिकृया दिनुहोस्