News Portal

बिरामीको मृत्यु भएको निहुँमा भेरी अस्पतालका स्वास्थ्यकर्मी माथी कुटपीट साथै अस्पताल तोडफोड

ईसगरमाथा संवाददाताबाँके, १४ जेठ
४४ पटक
बाँके, १४ जेठ

उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मी माथी कुटपीटको साथै अस्पताल समेत तोडफोड भएको छ ।

ड्युटीमै रहँदा कुटपीट हुन लागेपछि अस्पतालका डा. चन्द्रप्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठले ज्यान जोगाउनका लागि अस्पतालको एकतला माथिबाट हामफालेका छन् ।

अस्पतालका अनुसार करिब साढे ९ बजेतिर कोभिड वार्डमै आएर स्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन चिकित्सक तथा नर्सहरुले एक तला माथिबाट हामफालेका हुन् ।

अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्युभएपछि उनका आफन्त आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्न थालेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आएको बताए गुप्ताले बताए ।

आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ । मानबहादुर रावत सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता भएको थाहा भएको छ । उनी नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य तथा एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत हुन् ।

आक्रमणको कारण आइसियूमा अन्य बिरामीको उपचारमा बाधा पर्नुको साथै दुई जनाको मृत्यु समेत भएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

अस्पतालमा कार्यरत २२ बर्षिया नर्स सदिक्षा गैरेका अनुसार एक्कासी ६/७ जनाको समूह वार्डमा प्रवेश गरेर आफ्नो घाँटी अठ्याएका थिए । त्यही बेला बिरामीका एकजना कुरुवा दाइल आक्रमणकारीवाट बलतल्ल छुटाएका थिए ।

आक्रमणकारीवाट फ्त्केपछि उनी डाक्टर भएको ठाउँमा पुगेपछि पनि लखेट्दै आएपछि बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले आफूलाई उद्धार गरेर क्याविनमा लिएर गएको नर्स गैह्रेको भनाई छ ।

नर्स गैह्रेका अनुसार उक्त समूहले क्याविनमा तोडफोड गर्न थालेपछि डाक्टर सहितका ४ जना क्याविनभित्रको एट्याच ट्वालेटभित्र लुकेका थिए । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे पछि चारै जनाले झ्याल फोडेर हामफालेर बाँच्न सफल भएको गैह्रेले बताइन् ।

कोरोना भाइरसको महामारीको बेलामा उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अहिले चौतर्फी बिरोध भएको छ । घटनाको अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ ।

प्रतिकृया दिनुहोस्