News Portal

नेपाली बने प्रदेश ४ का मुख्यमन्त्री

ईसगरमाथा संवाददातापोखरा, २९ जेठ
३६ पटक
पोखरा, २९ जेठ

गण्डकी प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि विपक्षी गठबन्धनकातर्फबाट पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

पोखरेलले मुख्यमन्त्रीको लागि काँग्रेसका १५, माओवादीका ११, जसपाको २, राष्ट्रिय जनमोर्चाका २ र एक स्वतन्त्र गरी बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित निवेदन पेश गरेका थिए । विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत गरि पोखरेललाई मुख्य मन्त्री घोषणा गरिएको थियो ।

यसैबिच गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।

प्रतिकृया दिनुहोस्