News Portal

विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन

एजेन्सीभारत, १ असार
२२ पटक
भारत, १ असार

विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ । भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने १७४ जनाका घरमुली ७६ वर्षीया जियोना चानाको निधन भएको हो ।

मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् गराएको जानकारी अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।

पेसाले सिकर्मी रहेका जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।

उक्त परिवारमा हरेक दिन ४५ किलो चामल, ३०/४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारीका साथै झण्डै २० किलो फलफूल पनि दिनहुँ खपत हुने गर्दछ ।

जियोनाका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् । सबैभन्दा जेठी पत्नीले चाहिँ घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् ।

एउटै परिवारमा यतिधेरै भोट भएका कारणले धेरै नेता तथा राजनीतिक दलहरु चुनावका बेला यो परिवारलाई निकै महत्व दिन्छन् । स्थानीय चुनावमा त यो परिवारको भोट नै कहिलेकाही निर्णायक हुने गरेको छ । त्यसैले उक्त क्षेत्रको राजनीतिमा पनि सो परिवारको ठूलो महत्व रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्