News Portal

महिलाहरु पुरुषका कस्तो दाह्री मन पराउँछन् ?

एजेन्सी
५९ पटक

एउटा अध्ययन समूहले भने हलुको दाह्री भएको पुरुष महिलाको रोजाइमा पर्ने जनाइएको छ । त्यस्ता पुरुषलाई महिलाले प्रेम, यौन र बिहेका लागि उपयुक्त ठान्छन् भन्ने निष्कर्ष छ । बेलायती अनुसन्धान कर्ताहरूका अनुसार महिला क्लिन सेभ वा पूरै दाह्री राख्ने पुरुषको तुलनामा हलुका दाह्रीवाला पुरुषतिर आकर्षित हुन्छन् ।

नोथ्रम्बिया विश्वविद्यालयका प्रमुख अनुसन्धान कर्ता डा.निक निवलका अनुसार पुरुषको हलुका दाह्रीयुक्त अनुहार बढी सेक्सी मानिन्छ । यो स्पष्ट रूपमा यौन परिपक्वताको पहिचान हो । अध्ययनमा अनुसन्धानकर्ताहरूले नवीनतम कम्प्युटर प्रविधिको उपयोग गरेर १५ पुरुषको तस्बिरलाई विभिन्न आयाममा हेरेका थिए ।

अनुसन्धानमा क्लिन सेभ, हलुका दाह्री, गह्रुंगो दाह्री र पुरै दाह्री राखेका पुरुषहरूको तस्बिर ७६ महिलालाई देखाइएको थियो । उनीहरूलाई सोधिएको थियो– कुन पुरुष आकर्षित ? तस्बिरमा भएका मध्ये कुन व्यक्तिलाई कम या दीर्घकालसम्म आफ्नो जीवनसाथी बनाउन चाहन्छौ ? अध्ययनमा हलुका दाह्रीवाला तस्बिरलाई प्रायः महिलाले मन पराए । प्रेम, यौन र विहेको लागि रुचि देखाए ।

प्रतिकृया दिनुहोस्