News Portal

प्रसिद्ध नाटककार -युगेन ग्लास्टोन ओ निल

( विश्व प्रशिद्ध व्यक्तित्व)

४३ पटक

नाम: युगेन ग्लास्टोन ओ निल (प्रसिद्ध नाटककार)
नागरिक: अमेरिका
पिता: जेस्स ओ निल
जन्म: सन् १८८८,  मृत्यु: सन् १९५३
विशेषता: साहित्यको नोबेल पुरस्कारद्धारा सम्मानित

यिनको जन्म सन् १८८८ अक्टुबर १६ का दिन न्युयोर्कको वैरेट हाउसमा भएको थियो । यिनका पिता प्रसिद्ध अभिनेता थिए तयसैले बालक युगेन ओ निल सात वर्षको हुँलासम्म पितासँगै अभिनयका सिलसिलामा ठाउँठाउँमा घुमेर बिताए । युगेनको पढाइलेखाइ सन् १९०७ मा समाप्त भयो र त्यसपछि यिनि केही वर्ष दक्षिण अमेरिकामा सुनको खोजिमा गए ।

त्यसबाट फिर्ता आएपछि मल्लाहामा भतीृ भए । त्यसमा पनि उनको मन बसेन र लेखन कार्यमा लागे । यिनको केही साय न्यू लडन टेलिग्राफको संवाददाताको कार्य पनि गरे । त्यसबेला उनलाई टि. बी. रोगले आक्रमण ग¥यो र संवाददाताको काम पनि छोडे । रोगबाट मुक्त्ति पाएपछि उनले नाटककार बन्ने सनश्चय गरे र नाटक लेख्न थाले ।

उनले लेखेका कृति हरु निम्न छन्ः (१) वियोन्ड द होराइजन (२) स्टूेन्ज इन्टरल्युड (३) अलुन फर मस विगोटेन (४) आइसम्यान कोमाथ (५) एना क्रिस्टी (६) लीङ्ग डेज जर्नि इनटु नाइट आदि । निल नाटकका लेखक साथै रङ्गमञ्चहरुमा पनि खेले र प्रसिद्ध रङगमन्च कर्मीमा गणनामा आए ।

प्रसिद्ध नाटकार एवम् अभिनेता ओ निलले सन् १९२०, १९२२, १९२८ र १९५७ गरी चारपटकसम्म अमेरिकाको प्रसिद्ध पुलित्जार पुरस्कार र सन् १९३५ मा विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । निलको सन् १९५३मा ६५ वर्षको उमेरमा देहान्त भयो ।

प्रतिकृया दिनुहोस्