News Portal

गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौ, २ असार
३६ पटक
काठमाण्डौ, २ असार

कोभिड–१९ महामारीका कारण आम सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाईजरको अत्याधिक माग भईरहेको सन्दर्भमा बिषम परिस्थितिको फाइदा उठाउदै केहि सेनिटाइजर कम्पनीहरुले मानव स्वास्थ्य माथि प्रतिकुल असर पार्ने गुणस्तरहिन र कमसल सेनिटाईजर उत्पादन तथा बिक्री वितरण गर्ने २ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

उक्त सेनिटाइजर उत्पादक कम्पनी मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थली भक्तपुरमा कार्यरत जिल्ला रामेछाप सुनापति गाउँपालीका वडा नं. १ गुन्सी भदौरे घर भई काठमाण्डौको नयाँ बानेश्वर बस्ने बर्ष २२को सुजन गौतम र बझाङ जिल्ला केदारस्यूं गाउँपालीका वडा नं. ८ भण्डार घर भई हाल काठमाण्डौको कोटेश्वर बस्ने वर्ष २८ को चन्द्रप्रसाद जोशी लाई थप सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपालय ह्याण्ड सेनिटाईजर नामको सेनिटाईजर बजारमा खुलेआम बिक्री बितरण भईरहेको पाईएको र उक्त सेनिटाईजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागी पठाईएकोमा उक्त सेनिटाईजरमाMethanol रसायन ६८% भेटिएको तथा उक्त सेनिटाईजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले उक्त कम्पनीमा प्रहरीले छापा मारेको हो ।

औषधी व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा, मिनभवनबाट खटिएको प्रहरी टोलीले उक्त सेनिटाईजरको उत्पादन एवं प्याकिङ भईरहेको भक्तपुर जिल्ला मध्यपुर ठिमि नगरलालिका वडा नं. १ लोकन्थलीमा सामाखुसी बस्ने सुजन दाहालले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता समेत नगरी Manufactured by: Medigraph Group of Company Pvt . Ltd . Lokanthali Ward no. 1, Bhaktapur नेपाल उल्लेख गरिएको तयारी नेपालय ह्याण्ड स्यानिटाईजर सहित उक्त सेनिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत बरामद गरिएको हो ।

प्रहरीका अनुसार सोही कम्पनीका सञ्चालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहाल फरार रहेकोमा निजको खोजतलास गर्ने र थप अनुसन्धान कार्य भइरहेको छ । बरामद सेनिटाईजर, मेसिन र नियन्त्रणमा लिइएका मानिसहरुलाई कमसल माललाई असल भनि झुक्याई विक्री वितरण गरेको एवं औषधीमा मिसावट गरि विक्री वितरण गरेको कसुरमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२ अन्तर्गत आवाश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त सानोठिमी भक्तपुर पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्