News Portal

९६ किलो गाँजासहित ५ जना पक्राउ

ईसगरमाथा संवाददातामकवानपुर, २ असार
३८ पटक
मकवानपुर, २ असार

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट ९६ किलो ४ सय ग्राम गाँजासहित ५ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको उक्त गाँजा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा कन्टेनरका चालक मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान र सो कन्टेनरमा सवार कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई, सोही स्थान बस्ने बर्ष २९ का रोशन मोक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेका छन् ।

बिशेष सूचनाको आधारमा हेटौंडाको थानाभ¥याङ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा उक्त गाडिलाई रोक्न खोज्दा नरोकी फरार भएकोमा सो गाडिलाई पिछा गर्दै जाँदा भुटनदेवी मोड स्थित सडक खण्डमा फेला पारी रोकी चेकजाँच गर्दा उक्त कन्टेनर गाडीको केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोका गाँजा सहित पक्राउ गरिएको थियो ।

पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्