News Portal

पाउडर छोडेर स्वस्थकर तेल लगाउनु फाइदा

२७ पटक

-डा. अरणा उप्रेती
घाममा राखेर तोरीको तेल लगाउने परम्परागत राम्रो चलन आजकल हराउँदै गएको छ । कति जनाले बच्चालाई तोरीको तेलले मालिस गर्नु हुँदैन भन्छन् । यो सल्लाह ठिक होइन भन्ने बुझे हुन्छ ।

कुनै पनि स्वास्थ्यकर्मीले बच्चालाई तोरीको तेलले मालिस नगर्नु, बच्चालाई घाममा नराख्नु भनेर सिकाउँदैन । किनभने तेल लगाउनाले अर्थात् मालिसले हाड, जोर्नी बलियो बनाउँछ । तनाव पनि कम गराउँछ । व्यायाम पनि हुन्छ ।

जाडोमा घाममा बसेर तेल लगाउनाले बच्चाले भिटामिन डी पनि पर्याप्त पाउँछ । अनेक थरीका पाउडर छोडेर स्वस्थकर तेल लगाउनु फाइदा हुन्छ । विदेशमा घाम नलाग्ने ठाउँमा बच्चालाई भिटामिन डी पुगोस् भनेर विशेष प्रकारको व्यवस्था गरिएको हुन्छ ।

नेपालमा भने सित्तैमा पाइने घाममा रहेको भिटामिन डी प्रयोग नगर्न सल्लाह दिइन्छ । हामीहरू ६० वर्षका मान्छेहरू अहिले घाममा तेल लगाउँदैछौं । आफ्ना सन्तानलाई त्यसैगरी तोरीको तेल लगाएर हुर्कायौं ।

अहिले कति जनाले म त बेबी लोशन लगाउँछु मेरो बच्चालाई, तोरीको तेल त गनाउँछ भन्नुको अर्थ बजारको फन्दामा परेर आफ्नो बालबालिकाको स्वास्थ्य नराम्रो पार्नु हो ।

प्रतिकृया दिनुहोस्