News Portal

अब्राहम लिङकन एक विश्व प्रशिद्ध व्यक्तित्व

४५ पटक

नाम: अब्राहम लिङकन (राष्ट्रपति)
नागरिक: अमेरिका
विशेषता: दासप्रथाको मुक्तिदाता

अब्राहम लिङकनको जन्म सन् १८०९मा अमेरिकाको केटुंकीको एउटा निर्धन परिवारमा भएको थियो । उनी बाल्यकालदेखी नै प्रतिभाशाली थिए । निर्धन परिवारमा जन्मिएका उनले धेरै पढन नपाए ता पनि उनले घाँस काटेर, दाउरा चिरेर, अर्काको गाईवस्तु हेरेर जागिर खादैँ पढे । सुरुमा उनी एउटा स्टोर ब्लर्क भए । त्यसपछि पोस्टमास्टर भए त्यसपछि कानुनको पढाई सकेर वकिल भए ।

गृहयुद्धको समाप्तिपछि उनी राजनितिमा प्रवेश गरे पनि धेरै पटक असफल भए । तर हिम्मत हारेनन र एकदिन रिपब्लिकन पार्टीको तर्फबाट अमेरीकाकी कंग्रेसका सदस्य भए र त्यसपछि १९६१ मा अमेरीकाका राष्ट्रपति भई अमेरीकाका दासहरुका मुक्तिदाता नै भए ।

लिङकन राष्ट्रपति भएपछि पनि आफ्ना जुतामा आफै पालीस लाउँथे । स्पवावलम्बी हुनुपर्छ भने सोच उमा थियो । जतिबेला लिङ्कन अमेरिकाका राष्ट्रपति भए त्यसतबेला त्यहाँ दासप्रथाले चरम रुप धारण गरेको थियो । दासप्रथाका विषयमा उत्तरी राज्य का गोरा र दक्षिणि राज्यका गोराहरुमँै मतैक्य थिएन ।

उत्तरका गोराहरु यो प्रथाका विरोधि थिए भने दक्षिणका चाहिँ समर्थक थिए । लिङकनले उतरी राज्यका गोराहरुलाई साथ दिँदैँ दासप्रथाका विरुद्ध आफुलाई उभ्याएपछि दसक्षणको कन्फिडरेसन्स भङग भयो, अर्थात दक्षिणीहरुको पराजय भयो । आफु राष्ट्रपति भएको दुई वर्षमै लिङकनले १८६३ मा दासप्रथालाई कानुनतः समाप्त गरिदिए ।

यसरी युद्ध राजनितिक र समाजसुधारको कार्यलाई एकैसाथ सफलतापूर्वक हाक्ने लिकनलाई दासप्रथाको समर्थकहरुले लामो समय बाँच्न दिएनन् र राष्ट्रपति भएको चार वर्षमै अर्थात १८६५ मा हत्या गरिदिए । त्यति बेला उनी ५६ बर्षका थिए ।

प्रतिकृया दिनुहोस्