News Portal

जेसिबीको बकेटले हानी नगरपालिका–३ का वडाअध्यक्ष श्रेष्ठको हत्या

ईसगरमाथा संवाददातासर्लाही, १२ असार
५३ पटक
सर्लाही, १२ असार

ईश्वरपुर नगरपालिका–३ का वडाअध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी वडाअध्यक्ष श्रेष्ठको हत्या भएको हो ।

हत्योको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरी खन्ने बिषयमा वडा अध्यक्ष श्रेष्ठसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका–३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति बिवाद भएको थियो ।

बिवादकै क्रममा हर्कबहादुर गोलेले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाअध्यक्षलाई हानेर खाल्टोमा पुरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली खटिई गई वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि भागी फरार रहेका चालक हर्कबहादुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायत मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सर्लाही लालबन्दीमा फेला पारी पक्राउ गरेको हो ।

साथै प्रेमराज दाहाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्