News Portal

श्रीमती र छोराको हत्या गर्ने श्रीमान् पक्राउ

ईसगरमाथा संवाददाताकाभ्रे १७, असार
२९ पटक
काभ्रे १७, असार

आफ्नै श्रीमती र छोराको हत्या गरेको आरोपमा एक युवकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालीका वडा नं ६ स्थायी घर भई हाल बनेपा डेरा गरी बस्ने वर्ष ३२ को माधब उपाध्याय घिमिरे रहेको प्रहरीले जनाएको छ ।

उपाध्यय माथि असार ३ गते आफ्नै श्रीमती बर्ष ३० की मनिषा कार्की (घिमिरे) छोरा बर्ष ६ को युआन घिमिरेलाई कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार माधब उपाध्याय घिमिरेकी श्रीमतीले आफ्नो पति अन्य महिलासंगको अनैतिक सम्बन्ध रहेको कुरा थाहा पाए पश्चात आफूलाई किन धोका दिएको म घरमा श्रीमती हुँदा हुँदै यस्तो क्रियाकलाप नगर्न बारम्बार अनुरोध गरी सचेत गराएकी थिईन् ।

उपाध्यायले व्यापार व्यबसायमा ध्यान नदिएको जग्गा जमिन, घर बनाउन नसकेको कारण, छोराको र परिवारको भबिष्यको बारेमा कुनै ध्यान नदिएको भनि श्रीमतीले आर्थिक कारोबारमा बिवाद गरेकाले आफुले योजना बनाई हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उपाध्ययले श्रीमती र छोरा निदाई रहेको अवस्थामा सिरानीले मुख थुनेर हत्या गरेका थिए । हत्या पश्चात छोरा र श्रीमतीलाई एउटै खाटमा सुताई ब्याङकेटले छोपी बाहिरवाट कोठाको ताल्चा लगाएर छाडेका थिए ।

उपाध्ययको असामान्य गतिविधि देखि छिमेकीले प्रहरीलाई खवर गरे पश्चात भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय बानेपाको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान अगाडी बढाएको हो ।

निज उपाध्यय अबैध आर्थिक कारोबारमा समेत संलग्न रहेको भन्ने बुझिएकाले निजले प्रयोग गरेको फोन र म्यासेन्जर लगायतका सामाग्रीको प्रविधिक अध्यान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक मनिषा कार्कीको माईती भारत आसाममा रहेको र उनको ७ बर्ष अघि बिवाह भएको थियो । उनीहरुले छोरा युआन घिमिरेको जन्म भए पश्चात बनेपा न.पा. वडा नं ८ स्थित तिनदोबाटोमा अल.इन.वान फेन्सी पसल खोली व्यापार व्यवसाय गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्