News Portal

सुशिलाले मुडाले हिर्काएर श्रीमानको हत्या गरिन्

ईसगरमाथा संवाददातादैलेख, २ साउन
४२ पटक
दैलेख, २ साउन

मुडा प्रहार गरी आफ्नै श्रीमानको हत्या गर्ने एक महिलालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायण नगरपालिका–११ टाटामकु डाँडा टोल बस्ने ३२ वर्षीया सुसिला मल्ल रहेकी छिन् ।

सुशिलाले ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गरेकी थिईन् । घाइते खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी सुशिलालाई शुक्रवार पक्राउ गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिकृया दिनुहोस्