News Portal

को हुन् शेरबहादुर देउवा ?

५२ पटक

शेरबहादुर देउवा वि.स.२००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मेका हुन् । उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए । उनी स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालेका थिए ।

शेरबहादुर देउवा वि.स.२००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका हुन । उनले प्राथमिक शिक्षा असीग्राम प्राथमिक विद्यालय, निम्न माध्यमिक शिक्षा महेन्द्र मावि र माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट नै लिएका थिए ।

स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाएका उनी एलएसली दिएपछि उच्च शिक्षाको लागि वि.स. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएका हुन् । नेवि संघभित्र राजनीतिमा सक्रिय रहेका उनीँ विभिन्न समयमा पटक पटक पक्राउ परेका हुन ।

नेविसंघमा सक्रिय भएर काम गरेका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए । नेविसंघको नेतृत्वमा आएपछि आफ्नो राजनीतिलाई सशक्त रुपमा अगाडि बढाए । तत्कालिन समयमा बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाएका थिए ।

वि.सं. २०४६ पहिलो जनाअन्दोलनको अगुवाइ नेपाली कांग्रेसले गर्यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गर्दै थिए ।

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने गृहमन्त्री बनेको पाँच वर्षभित्रै उनी मुलुकको प्रधानमन्त्री बने । राजनीतिको धेरै उतार चढाव खेपेका देउवाले कांग्रेसभित्रको बढ्दो सत्ता संघर्षमा उनले किशुनजी र गणेशमान सिंहको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएका थिए ।

कोइरालाले अघि बढाएका देउवाले पार्टीको दशौ महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिए । २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिएका थिए । तर हार व्यहोर्नुपर्यो ।

देशमा माओवादी जनयुद्धले पक्कड जमाइ सकेको थियो । कांग्रेसमा राजा र सेनाको असहयोग पनि बढ्दै गएको थियो भने एमालेले ५७ दिनसम्मको संसद घेराउ गरेको थियो जसबाट बाध्य भएर पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५८ असारमा राजिनामा दिएपछी कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उनी पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बन्न पुगे । सुशील कोइरालालाई हराएर नेता बने र संसदमा पार्टीको बहुमत भएकाले दोस्रोपटक प्रधानमन्त्री बने ।

विंस २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कू’ मार्फत देउवालाई दोस्रोपटक हटाइदिएर सत्ता आफ्नो हातमा लिए । त्यतिबेला गिरिजाप्रसाद कोइराला माओवादीलाई साथ लिएर ज्ञानेन्द्र विरुद्ध जनान्दोलनको तयारीमा थिए । संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद पुनः एक पटक नेपाली राजनीतिमा चर्चाको शिखरमा आएपछि देउवा कोइरालासँग पार्टी एकीकरण गरेर मूल पार्टीमै फर्किए ।

नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भए ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटक-पटक गरी नौ वर्ष जेल जीवन बिताएका छन् ।

प्रधानमन्त्री देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्तराज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरिसकेका छन् । साभारः नयाँ पत्रिका

प्रतिकृया दिनुहोस्