News Portal

साढे १९ करोडका चेकसहित मिटरब्याजी पक्राउ

चार करोड १९ लाख ऋण दिएर दोब्बर असुली

ईसगरमाथा संवाददाताकाठमाडौँ, ३ श्रावण
३५ पटक
काठमाडौँ, ३ श्रावण

करिब साढे १९ करोड रुपैयाँ बराबरका विभिन्न बैंक/वित्तीय संस्थाका चेकसहित मिटरब्याजी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १९ करोड ४३ लाख रुपैयाँ बराबरका विभिन्न बैंकका चेकसहित मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई शुक्रबार साँझ चाबहिल मित्रपार्कबाट पक्राउ गरेको हो ।

उनीमाथि औपचारिक रूपमा अनुसन्धान सुरु भएको छैन । अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने सीआईबीका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए । मित्रपार्कमै ‘रिकन्डिसन हाउस’ सञ्चालन गरेका उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।

डीआईजी सिंहका अनुसार चेकमा उल्लेख गरिएको मिति गुज्रिएपछि उप्रेतीले ऋणीलाई ज्यान मार्नेसम्मका धम्की दिने, बन्धक बनाउनेलगायत अपराध गर्ने गरेको खुलेको छ । सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् । उनका अनुसार उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको र यसमाथि अनुसन्धान जारी रहेको बताए ।

डीआईजी सिंहले ‘१ करोड रुपैयाँको दिनमा १ लाखसम्म ब्याज तिर्नुपर्ने गरी विभिन्न व्यक्तिलाई मिटरब्याजमा रकम लगानी गर्ने र तोकिएको मितिमा रकम नपाए गुन्डा लगाएर असुल्नेसम्मका अपराधमा उप्रेतीको संलग्नता देखिन्छ, प्रारम्भिक अनुसन्धानमै भएका कारण विस्तृत विवरण खुलाउन बाँकी रहेको बताएकोे कान्तिपुर दैनिकमा समचार छ ।

प्रतिकृया दिनुहोस्