News Portal

विभिन्न देशका गरि ९ जना राजदूत फिर्ता

ईसगरमाथा संवाददाताकाठमाडौँ, ३ साउन
८८ पटक
काठमाडौँ, ३ साउन

केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न देशका गरि ९ जना राजदूतलाई बर्तमान सरकार अर्थात प्रधानमन्त्री शेरबहादुर देउवा सरकारद्दरा फिर्ता बोलाउने मन्त्रिपरिषद् निर्णय गरिएको छ ।

शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले सोही निर्णय गरेको हो । फिर्ता बोलाउने निर्णय गरिएका राजनीतिकआधारमा सिफारिसमा परेका राजदूतहरुमा दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ट्रेलियाका लागि सुम्नीमा तुलाधर, बहराइनका लागि युवराज कार्की र म्यानमारका लागि नारायणप्रसाद संग्रौला रहेका छन् ।

त्यसैगरि फिर्ता बोलाउने अन्य राजदूतहरुमा ब्राजिलका लागि कुलप्रसाद नेपाल, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, डेनमार्कका लागि सुमीत्रा सुवेदी, साउदी अरेबियाका लागि मेराज मुसलमान र रसियाका लागि जंगबहादुर चौहान रहेका छन् ।

ओली सरकारले यसअघि ११ जना राजदूत नियुक्त गरेको थियो । तीनमध्ये दुई जना परराष्ट्र सेवाका कर्मचारी रहेकाले उनीहरुको नियुक्त भने खारेज नभएको एक मन्त्रीले बताए । संसद् विघटन गरेका कारण संसदीय सुनुवाइ बिना राजदूतहरुको नियुक्ति गरिएको भन्दै विवाद हुँदै आएको थियो ।

ओली सरकारले परराष्ट्र सेवाबाट सिफारिस गरेका राजदूतहरूमा अस्ट्रियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ छन् ।

प्रतिकृया दिनुहोस्