News Portal

ओली नेतृत्वको कम्यूनिष्ट सरकार ढल्यो

ईसगरमाथा संवाददाताकाठमाडौं, २७ वैशाख
३३ पटक
काठमाडौं, २७ वैशाख

विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

सोमबारको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा उपस्थित २३२ सांसदमध्ये ९३ मत, विपक्षमा १२४ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन् ।

संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सकेनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई(उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए भने जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक सांसद तटस्थ बसेका छन् ।

प्रतिकृया दिनुहोस्