News Portal

५०-५४ वर्ष उमेरकालाई कोरोना बिरुद्ध जोनसोन खोप लगाईदै

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ४ साउन
४७ पटक
काठमाण्डौ, ४ साउन

नेपाल सरकारले कोबिड -१९ बिरुद्द सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबै जिल्लामा जोन्सोन खोप लगाउने भएको छ । खोप अभियानका रुपमा पहिलो तथा दोस्रो दिन ५३ देखि ५४ वर्ष उमेर समूहभित्रका व्यक्तिहरू, पूर्ण र अति अशक्त अर्थात् अपांगताको क र ख वर्ग रहेका सबै व्यक्ति, हाल नेपालमा बसोवास गरिरहेका र शरणर्थी तथा स्वास्थ्यकर्मी रहनेछन् ।

यसअघि छुटेका समूहका व्यक्तिलाई पनि खोप दिइने छ । खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन् भने खोप पुग्न बाँकी रहेका कतिपय दुर्गम ठाउँबाहेक धेरैजसो जिल्लामा सोमबारदेखि नै खोप सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

खोप कार्यक्रम अन्तर्गत पहिलो दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी खोप केन्द्रमा स्थलगत अनुगमन भ्रमण गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी बताएका छन् । खोप अन्तर्गत जोन्सोन एण्ड जोन्सोनका भ्याक्सीन एक डोज मात्र लगाए हुनेछ ।

गएको साता कोभ्याक्सअन्तर्गत १६ लाख ३४ हजार डोज खोप अमेरिकाबाट नेपाल आइपुगेको हो । सबैजसो जिल्लामा खोप पुगिसेको र यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेकाले कोबिड बिरुद्धको खोपलाई अभियानका रुपमा लैजाने मन्त्रालयको दाबी छ ।

जोनसोन खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउदै छ भने केही दिनमै जापान सरकारले पनि अष्ट्रजेनिका खोप १६ लाख डोज आइपुग्ने क्रममा रहेको छ । सो खोप आउने बित्तिकै कोभिडसिल्डको पहिलो डोज र दोस्रो डोज खोप लगाउन नपाएकाहरुलाई लगाईने तयारी भइरहेको स्वास्थ मन्त्रालयले बताएकोे छ ।

प्रतिकृया दिनुहोस्