News Portal

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए

पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ४ साउन
२९ पटक
काठमाण्डौ, ४ साउन

प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १६५ मत प्राप्त भएको छ । देवाको विपक्षमा ८३ मत आएको छ । प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित भए मध्ये मत दिन्न भन्नेमा एक मत परेको थियो ।

देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन् । देउवालाई फ्लोर क्रस गरेर ओली मन्त्रिपरिषदका चर्चित मन्त्री प्रेमबहादुर आले लगायत ओली पक्षका अरू ८ सांसदले पनि विश्वासको मत दिए ।

सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो । सोही अनुसार एमालेका साँसदहरुले पनि देउवाको पक्षमा मत दिएका थिए ।

देउवालाई बिश्वासको मत दिने एमाले साँसदहरुमा क्रमशः माधवकुमार नेपाल, भवानी खापुङ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र प्रेमबहादुर आले रहेका छन् ।

त्यसैगरी देउवालाई बिश्वासको मत दिने एमालेका अन्य साँसदहरुमा लक्ष्मी चौधरी, निरादेवी जैरू, रामकुमारी झाँक्री, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन,सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।

प्रतिकृया दिनुहोस्