News Portal

सामाजिक सञ्जाल मार्फत जापान पठाईदिने भन्दै ठगी गर्ने ४ पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौ, ५ साउन
२९ पटक
काठमाण्डौ, ५ साउन

जापान पठाइ दिन्छु भन्दै ठगी गर्ने ४ जनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ । सामजिक संजाल फेसवुकको प्रयोग गरी मेसेन्जर इमो समेतका एप्समा कुरा गर्दै आफू जापानको ईमिग्रेशनमा काम गर्ने र जापानको नागरिक समेत भएको जनाउदै चिनजान गरी ठगी गरेका थिए ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा–१२ पदमपोखरी घर भई हाल काठमाण्डौको नयाँबजार बस्ने ३७ वर्षिया शुभद्रा परियार, ईलाम जिल्ला सुर्योदय–४ श्रीअन्तु घर भई हाल नयाँवानेश्वरमै बस्ने ३३ बषिया पुजा राई, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे– ९ राम्चे घर भई हाल काठमाण्डौको कपन बस्ने ३३ बर्षका राजेन्द्र ढकाल र भक्तपुर जिल्लाको चाँगुनारायण–७ खरिपाटी बासँवारी बस्ने २१ ब्र्षिया दिपिका के.सी. रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले जापान जान भिषा प्रक्रियाको लागि मोटो रकम लाग्ने भनी प्रलोभनमा पारि बिभिन्न बैंक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ जम्मा गर्न लगाएका थिए । उक्त रकम निकाली सम्पर्क विहिन भएकोले ठगी गर्नेलाइ पीडितको उजुरीका आधारमा उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाण्डौंले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर, काठमाण्डौंमा अनुसंधान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्