News Portal

कक्षा १२ को परीक्षा साउनका चौथो हप्ता, परिक्षा सय पुर्णाकंकै हुने

ईसगरमाथा संवाददाताकाठमाडौ, ५ साउन
७८ पटक
काठमाडौ, ५ साउन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको छ । जसअनुसार साउन ३१ देखि सुरु हुने परीक्षा भदौ ९ गतेसम्म चल्नेछ ।  बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो ।

मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउन छिट्टै अनुमति दिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको छ । बोर्डले गतवर्ष समय र अंकभार घटाएर ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो ।

बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । बोर्डले होम सेन्टर तोकेर देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरेको थियो ।

गत वर्षको मूल्यांकन पद्धति प्रभावकारी नदेखिएकाले यो वर्ष सय पूर्णांककै गराउने तयारी गरेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो वर्ष तीन लाख ८६ हजार विद्यार्थीले १२ कक्षाको परीक्षा फाराम भरेका छन् ।

प्रतिकृया दिनुहोस्