News Portal

सिक्सर पेस्तोल सहित ३ जना पक्राउ

ईसगरमाथा संवाददातारौतहट, ५ साउन
२४ पटक
रौतहट, ५ साउन

१ थान सिक्सर पेस्तोल सहित ३ जना पक्राउ परेकाछन् । भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा मौलापुर नगरपालिका- ५ स्थित कलैया जाने सडकबाट जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपि ४०१६ नम्बर रहेको मोटरसाइकलमा  चालक देवेन्द्रलाई उक्त पेस्तोल सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान भैरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्