News Portal

एकै दिन १ सय ३९ कोरोना संक्रमितको मृत्यु

ईसगरमाथा संवाददाताकाठमाडौं, २७ वैशाख
३० पटक
काठमाडौं, २७ वैशाख

नेपालमा पहिलो पटक एकै दिन १ सय ३९ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १७ हजार ६ सय ३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यो सँगै ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त भएका छन् । सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ९३,१४१ भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण भएको र तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ।
सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको बताइएको छ।

प्रतिकृया दिनुहोस्