News Portal

रेडबुल बिक्री बितरण गर्ने ४ जना व्यापारी पक्राउ

ईसगरमाथा संवाददाताकाठमाडौँ, ६ साउन
४३ पटक
काठमाडौँ, ६ साउन

प्रहरीले काठमाडौँको चार ठाउँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय बिक्रि गरि पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धनबहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी रहेका छन् ।

काठमाडौँमा सञ्चालीत चारवटा स्टोर पसलबाट ४ हजार ८ सय ४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । गत २०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको थियो ।

बन्देज गरिएको उक्त पेय बिक्रि गर्ने रेडबुल हाल प्रतिबन्धित रहेको हुनाले बेच्न नमिल्ने महाशाखाले जनाएको छ । पक्राउ गरिएका व्यवसायीहहरुले त्यस्ता पेय पदार्थ भारतबाट ल्याएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको जनाएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्