News Portal

बाढीले मनाङ सदरमुकाम चामेको पुल बगायो

ईसगरमाथा संवाददातामनाङ, ६ साउन
२६ पटक
मनाङ, ६ साउन

भारि वर्षाका कारण मस्र्याङदी नदीमा आएको बाढीले मनाङ सदरमुकाम चामेको झोलुङ्गे पुल बगाएको छ । मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल बगाएको हो ।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार उक्त पुल बगाएपछि चामे र मनाङको भक्तपुर तथा माथिल्लो मनाङसँगको आवतजावतमा सकस भएको छ । गत जेठ अन्तिममा परेको वर्षाले गर्दा मस्याङदी नदीमा आएको बाढीपहिरोले सडक सञ्जाल बगाएर विच्छेद भएको थियो ।

पुल गाएपछि यात्रा झन सकस बनेको हो । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्याउन सहज भएको स्थानमा पनि समस्या थपिएको स्थानीयहरुले बताएका छन् । चामेको मोटरेबल पुलमा भने हालसम्म समस्या रहेकोे छैन ।

पुलमा बाढीले ल्याएको बालुवा, ढुङ्गा र काठले पानी जाने बाटो थुनेर वस्तीतर्फ जाँदा त्यहाँस्थित विद्यालयमा क्षति पुगिरहेको छ । यसअघि नै आएको बाढी पहिरोले मनाङको सरकारी, गैरसरकारी तथा व्यक्तिगत भौतिक संरचनामा धेरै क्षति पुगिसकेको छ ।

फोटोः बद्री आचार्यको फेसबुकवाट

प्रतिकृया दिनुहोस्