News Portal

८१ किलो गाँजा सहित ट्रक चालक पक्राउ

ईसगरमाथा संवाददातामकवानपुर, ६ साउन
२७ पटक
मकवानपुर, ६ साउन

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले गाँजासहित ट्रक र चालकलाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका वडा नं ८ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रोकिराखेको अवस्थाको ट्रकबाट ८१ किलो गाँजा बरामद गरिएको हो ।

पछाडि ढालामा लुकाइ राखेको गाँजा र ट्रकसँगै ट्रकचालक राक्सिराङ गाउपालिका वडा नं ४ का ४२ बर्षीय बाबुराम नेगीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले ना ८ख८२८४ नं को ट्रकबाट उक्र गाँजा बरामद गरेको हो । नेगी बिरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्