News Portal

कांग्रेस नेता अमरेशकुमारले सांसद पदबाट राजीनामा दिए

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ७ साउन
३१ पटक
काठमाण्डौं, ७ साउन

कांग्रेसका प्रभावशाली नेता अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सिंहले बुधबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा पुगेर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामापत्र बुझाएका हुन् ।

पार्टीका कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न काग्रेसको वर्तमान नेतृत्वले दिन नसक्ने नेतृत्वबाट राष्ट्रहितको बृहत्तर दायित्व पूरा हुन नसक्ने आशंका उत्पन्न भएको बताउदै डा अमरेशले आफू सांसद पदमा रहन नसक्ने राजिनामापत्रमा उल्लेख गरेकाछन् । ‘कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको बृहत्तर दायित्व पूरा हुनेमा आशंका उत्पन्न हुनु स्वाभाविक हो’ उक्त राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रूपमा जनहित र कार्यकर्ताको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ,’ सिंहले आफ्नो राजीनामापत्रमा भनेका छन् । कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको भन्दै गैह्र जिम्मेवार चरीत्र रहेको अहिले कांग्रेसको केन्द्रीय कार्यालयमा सर्लाही, बारा र धनुषाका नेता–कार्यकर्ताले रातदिन धर्ना दिइरहेका छन् । धनुषाका नेता डा. चन्द्रमोहन यादवसहित तीनजना चार दिनदेखि आमरण अनशनमा बसेका छन् ।

सांसद सिंहले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा भएको उल्लेख गरेकाछन् ।

 

प्रतिकृया दिनुहोस्