News Portal

कोभिड कालमा विश्वमा अर्बपतिहरुको वृध्दि

ईसगरमाथा संवाददाताकाठमाडौं, ८ साउन
७४ पटक
काठमाडौं, ८ साउन

विश्वका अर्बपतिहरुको संख्या विगतको दुई दशक यता पाँच गुणाले बढेको छ । सबैभन्दा धनी व्यक्तिको सम्पत्ति १ खर्ब डलर भयो । विश्वमा अर्बपतिहरुको संख्यामा तीव्र वृद्धिसँगै आर्थिक असमानतामा पनि उच्च बढोत्तरी भैरहेको छ जसले पूंँजि बजारमा एकाधिपत्य सृजना भई पुँजिवाद विरुद्ध आम मानिसहरुकमा विदोह चरम र असन्तुष्टि पनि बढीरहेको छ ।

फोर्ब्स म्यागेजिनले सार्वजनिक गर्ने वार्षिक तथ्यांकको इतिहासमा यो हालसम्मकै उच्च तथा नाटकीय वृद्धि यस कारणले मानेको छ कि विश्वका अर्बपतिहरुको कूल सम्पत्ति यो १२ महिनामा ५० खर्बबाट बढेर १३० खर्ब डलर पुगेको छ । आश्चर्यको विषय यो छ कि कोरना भाइरसको संक्रमण बढेसँगै विश्वका केन्द्रीय बैंकहरुले आर्थिक वृद्धिलाई कायम राख्नका लागि अर्थतन्त्रमा ९० खर्ब डलर रकम लगानी गरेकाछन् ।

यो मध्ये अधिकांस रकम वित्तिय बजारमा गएको छ र त्यहाँबाट अन्ततः त्यो रकम विश्वका ठूला धनाढ्यहरुको सम्पत्तिमा वृध्दि भएको छ । ठूला सीमित अर्बपतिहरुको सम्पत्ति बढेको मात्र होइन यस अवधिमा विश्वमा अर्बपतिहरुको संख्यामा पनि उच्च वृद्धि भयो ।

फोवरसको अर्बपतहिरुको अप्रिल ६ मा सार्वजनिक सूचि अनुसार विश्वमा पछिल्लो वर्षमा अर्बपतिहरुको संख्या ७ सयले बढेर २७ सय पुगेको हो । एक आकडामा यसमध्ये अर्बपतिहरुको सबैभन्दा ठूलो वृद्धि चीनमा देखियो जहाँ कूल २ सय ३८ जना नयाँ अर्बपति थपिएका छन् ।

यो भनेको हरेक ३६ घण्टामा एकजना अर्बपति थपिनु हो । यो सँगै चीनमा डलर अर्बपतिहरुको संख्या ६ सय २६ पुगेको छ । नयाँ अर्बपतिहरु थपिने मुलुकको सूचिमा चीनपछि अमेरिका दोश्रो स्थानमा रहेको छ ।
अमेरिकामा पछिल्लो एक वर्षमा १ सय १० जना अर्बपति थपिएसँगै अमेरिकी अर्बपतिहरुको संख्या ७ सय २४ पुगेको साथै भारतमा एक वर्षमा ३८ जना नयाँ अर्बपति थपिएर कूल १ सय ४० जना डलर अर्बपति भएका छन् ।

एक वर्षमा सबैभन्दा धेरै कमाउने अर्बपतिमा टेस्ला सिइओ एलन मस्क पहिलो नम्बरमा छन् भने यस अवधिमा उनको सम्पत्ति करिव २५ अर्बबाट बढेर डेढ खर्ब डलर पुगेको फोवरसको सूचिमा रहेको तथ्याकंले जनाएको छ ।

प्रतिकृया दिनुहोस्