News Portal

ढिलागरि बन्यो गण्डकी प्रदेशको मन्त्रीमण्डल

ईसगरमाथा संवाददातापोखरा, ८ साउन
२७ पटक
पोखरा, ८ साउन

लामो समयको अलमल पछि अन्तत गण्डकी प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । गत जेठ २९ मा आफू मुख्यमन्त्री नियुक्त भए पनि कृष्णचन्द्र नेपाली पोखरेलले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका थिएनन् ।

शुक्रवार बिस्तार गरिएको मन्त्री मण्डलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फवाट र १ जना स्वतन्न्त्र सांसद समेतलाई सहभागि गराइएको छ ।

अहिले सम्म घोषणा भएका मन्त्रीहरुमा कांग्रेसको तर्फवाट कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री, मणिभन्द्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री रहेका छन् ।

त्यसैरी माओवादीबाट रामजी बराल अर्थ मन्त्री, मधु अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री र चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन् ।

स्वतन्त्र सांसद राजिब गुरूङ (दिपक मनाङ्गे) युवा तथा खेलकूद मन्त्री र जसपाका हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् ।

नियुक्त मन्त्रीहरू मध्ये काङ्ग्रेस, माओवादी र स्वतन्त्र साँसदले पद तथा गोपनियताको सपथ खाइसकेका छन् तर पूर्वसहमतिअनुसार मुख्यमन्त्री अघि नबढेको भन्दै जसपाले सपथ ग्रहण बहिष्कार गरेको छ । दुई सांसद रहेको जसपाले दुई जना नै मन्त्री हुनुपर्ने माग गरिरहेको थियो ।

प्रतिकृया दिनुहोस्