News Portal

अफ्रिकी मुलुक ट्युनिसियामा प्रधानमंत्रीको पदच्युत र संसदको बर्खास्त

ईसगरमाथा संवाददाताकाठमाण्डौं, ११ साउन
३४ पटक
काठमाण्डौं, ११ साउन

ट्युनिसिया सरकारले कोरोना भाइरसको नियन्त्रणमा गरेको काम प्रभावकारी नभएको भन्दै देशव्यापी रूपमा सरकार विरोधी प्रदर्शन भएपछि राष्ट्रपति कइस साइएदले आइतबार प्रधानमन्त्री हिचेम मेचिचीलाई पदच्युत गरेकाछन् ।

सन् २०११ मा ‘अरब स्प्रिङ’को सुरूवात भएको ट्युनिसियामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढिरहेको छ भने देशको अर्थतन्त्र तीवरुपमा ओह्रालो लागिरहेको छ । सरकारले कोरोना रोक्न प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोशित भएका ट्युनिस नागरिकले देशब्यापीरुपमा प्रदर्शन गर्दै आएका थिए ।

देशमा शान्ति स्थापना गर्न आफूले प्रधानमन्त्रीलाई हटाएको र संसद निलम्बन गर्नुपरेको राष्ट्रपति साइएदले जनाएकाछन् । पदच्युमा परेका प्रधानमन्त्रीको पार्टीले भने राष्ट्रपतिको यस कदमलार्ई कूको संज्ञा दिएको छ ।

ट्युनिसियाली जनाताको माग नै सरकारलाई हटाउनु पर्ने र संसद विघटन गर्नु पर्ने भन्दै सडक आन्दोलन गरेका थिए । साइएदले प्रधानमन्त्री पदच्युत गरेको र संसद वर्खास्तगी भएको समाचार सुनेपछि प्रदर्शनकारीहरूले आइतबार साँझ सडकमा खुसीयाली मनाएका थिए ।

आन्दोलनका क्रममा उनीहरूले सत्तारूढ पार्टीको केन्द्रीय कार्यालयमा पनि तोडफोड गरेकाछन् । मुलुकमा हिशा फैलन सक्ने संभवनाका कारण राष्ट्रपति साइएदले अब कसैले हिंसात्मक गतिविधि गरे सैनिकहरूले त्यसको जवाफ गोली मार्फत् दिने चेतावनीसमेत दिएका छन् ।

ट्युनिसियालीे संविधानले राष्ट्रपतिलाई संसद निलम्बन गर्ने अधिकार दिएको राष्ट्रपति कार्यालयको दाबी छ । -वि.वि.सी.

प्रतिकृया दिनुहोस्