News Portal

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुग्यो

ईसगरमाथा संवाददाताकाठमाण्डौ, २८ वैशाख
३५ पटक
काठमाण्डौ, २८ वैशाख

कोरोना संक्रमणबाट नेपालमा एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेको छन्। पछिल्लो २४ घण्टामा ५२२५ जना भने संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २७८८, रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना, कास्कीमा ३७०, मोरङमा ३५०, कैलालीमा २९५, दाङमा २६५, झापामा २६४, सुर्खेतमा २६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना कोरोना संक्रमति थपिएका छन् ।

यस्तै स्याङ्जामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८,नवलपरासी पश्‍चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्‍चिममा ४८, सिन्धुली र तनहुँमा ४७र४७ जना, महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्‍चनपुरमा २८र२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहामा १५, दोलखामा १५ र गुल्मीमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङमा ७, सोलुखुम्बुमा ७ जना, बागलुङमा ६, दैलेखमा ६ जना, म्‍याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोटमा २, डोटीमा २ जनाको साथै ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्‍युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १–१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ वर्षमुनिका २४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६८६ जनामा कोरोना संक्रमित थपिएका छन् । -फाईल फोटो

 

प्रतिकृया दिनुहोस्