News Portal

विद्युत महशुलमा पुर्नविचार हुँदै

ईसगरमाथा संवाददाताकाठमाडौँ, १३ साउन
५७ पटक
काठमाडौँ, १३ साउन

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत शुल्क महँगो भएकोले पुनर्विचार हुनपर्ने बताएकी छन् । ऊर्जा मन्त्रालयमा सोमबार सञ्चारकर्मीहरूसँगको अन्तकियामा उनले उपभोक्ताका तर्फबाट हेर्दा महसुल महँगो भएको बताएकी हुन ।

अर्थशास्त्रको नियम उल्लेख गदृै भुषालले नेपालमा विद्युतको दर महँगो भएको वताइन् । मन्त्री भृषालले सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य त्यतिनै कम हुने जानकारी दिइन् ।

उपभोक्ताका रूपमा आफूले गरेको अनुभव जति खपत बढी भयो, दर कम हुनुपर्ने हो तर यहाँ लागू भएको छैन । यसमा पुनर्विचार गर्नुपर्छ । महसुल समायोजन हुनुुपर्छ ।

गरिबीको रेखामुनि रहेका जनतालाई विद्युतमा विशेष सहुलियत दिने गरी नीति ल्याउनु पर्ने पनि मंत्री पम्फाले बताइन् ।

आन्तरिक रूपमा उत्पादित ऊर्जालाई स्वदेशमै खपत गराउनेमा आफ्नो प्राथमिकता रहने उनको भनाइ छ । ‘अहिले भइरहेको पेट्रोलियम र एलपी ग्यासलाई विस्थापित गर्ने हो भने पनि धेरै ऊर्जा स्वदेशमै खपत हुन्छ,’ उनले भनिन् ।

ऊर्जा विकासका लागि आवश्यक आधारभूत कच्चा पदार्थ रहेको र यसको निर्यातले मात्रै कुनै मुलुक धनी हुन नसक्ने उनको टिप्पणी रहेको थियो । अध्ययन भइसकेका र भइरहेका ठूला जलविद्युत् आयोजनाहरु निर्माण संचालन गर्नु सरकारको प्राथमिकतामा रहने पनि उनले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्