News Portal

खाद्यान्नमा नेपालको परनिर्भरता बढ्दै

वीरगन्जबाट मात्रै भित्रियो ४२ अर्बको धान–चामल र गेडागुडी

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १३ साउन
८५ पटक
काठमाण्डौं, १३ साउन

बिगत एक वर्षको अवधीमा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुँदै करिब ४२ अर्ब रुपैयाँ बराबरको धान, चामल, गहुँ लगायतका खाद्यान्न नेपालमा आयात भएको छ ।

आर्थिक वर्ष २०७७,०७८ मा वीरगन्ज नाकाबाट मात्रै ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५ सय ४७ रुपैयाँको खाद्यान्न विदेशबाट नेपाल भित्रिएको छ । मुलुककै प्रमुख नाका मानिने वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाहा गरी दुई वटा नाका रहेका छन् ।

दुवै नाका हुँदै गत आर्थिक वर्षमा भारत तथा तेश्रो मुलुकबाट करिब ४२ अर्ब रुपैयाँ मुल्यको धान, चामल, गहु, मकै, भटमास, फापर, चना, केराउ, बोडी र सिमीका गेडा आयात भएको छ ।

आर्थिक वर्षमा वीरगन्ज भन्सार हुँदै १८ अर्ब १६ करोड ४८ लाख ३८ हजार र सिर्सिया सुख्खा बन्दरगाह हुँदै २३ अर्ब ७६ करोड ९१ लाख १७ हजार ५ सय ४७ रुपैयाँको खाद्यान्न नेपाल भित्रिएको छ ।

जसमध्ये सबै भन्दा बढी ८ अर्ब ८१ करोड ४७ लाख ६९ हजार १ सय ९८ रुपैयाँ मुल्यको ३० लाख ३४ हजार ९ सय ६२ मेट्रिक टन धान आयात भएको छ । यस्तै ६ अर्ब ७२ करोड ९९ लाख ९५ हजार २ सय ५४ रुपैयाँको १ लाख ४ हजार २ सय १५ मेट्रिक टन भटमास र ६ अर्ब ५६ करोड ८० लाख १७ हजार ४ सय ७३ रुपैयाँको ७ लाख ४ हजार ३ सय ८८ मेट्रिक टन मकै आयात भएको छ ।

५ अर्ब ३६ करोड २७ लाख ३० हजार ४ सय ८४ रुपैयाँको ५३ हजार ७ सय ७२ मेट्रिक टन सिमी र बोडीको गेडा आयात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै भारत तथा तेश्रो मुलुकबाट ४ अर्ब ४९ करोड ८ लाख ५४ हजार ८ सय ४४ रुपैयाँको ८० हजार १ सय ४७ मेट्रिक टन केराउ आयात भएको छ ।

यस्तै ३ अर्ब १६ करोड २२ लाख ७१ हजार ६ सय २८ रुपैयाँको ५८ हजार ८ सय ९५ मेट्रिक टन चामल पनि आयात भयो । यस्तै २ अर्ब ६० करोड ६४ लाख ७२ हजार ४ सय ४१ रुपैयाँको ६४ हजार ७ सय १० मेट्रिक टन गहुँ आयात भएको छ ।
६१ करोड ८३ लाख ६९ हजार २ सय २८ रुपैयाँको ६२ हजार ७ सय ६ मेट्रिक टन चना र ४५ करोड ८३ लाख २७ हजार रुपैयाँको १३ हजार ५ सय ५६ मेट्रिक टन फापर र कोदो आयात भएको छ ।

नेपालमा वर्षेनी खाद्यान्नको आयात बढ्दै
गत आर्थिक वर्ष २०७६,०७७ मा भने भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुँदै ३९ अर्ब ७८ करोड ४८ लाख ९५ हजार १ सय ३९ रुपैयाँको खाद्यान्न नेपाल आयात गरिएको थियो ।

वीरगन्ज नाकामा रहेका वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह दुवै भन्सार कार्यालयको तथ्याङ्क अनुसार, भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका हुँदै खाद्यान्न आयात हरेक वर्ष बढ्दो क्रममा रहेको छ ।

अघिल्लो आर्थिक वर्ष ७६,७७ को भन्दा गत आर्थिक वर्ष २०७७,७८ मा करिब साढे २ अर्ब भन्दा बढी मुल्यको खाद्यान्न वीरगन्ज नाका हुँदै आयात भएको छ ।
नेपालमा हुने उत्पादनले नपुग्ने भएपछि भारत, रसीया, टर्की, भियतनाम, ब्राजिल, अर्जेन्टिना, चीन, क्यानाडा, अष्ट्रेलिया, थाइल्याण्ड, जापान लगायत मुलुकबाट वीरगन्ज नाका हुँदै वर्षेनी ४० अर्ब भन्दा बढी मुल्यको धान, चामल, गहुँ, मकै लगायत खाद्यान्न नेपालमा आयात भएको छ ।

सरकारको नीति उत्पादनमुखी भन्दा पनि आयातमुखी भएका कारण वर्षेनी ४० अर्ब मुल्यको धान, चामल, गहुँ जस्ता खाद्यन्न अन्य मुलूकबाट आयात गर्नुपर्ने बाध्यता छ । आर्थिक वर्ष २०७३,७४ मा मात्रै वीरगन्ज नाका हुँदै १५ अर्ब मुल्यको खाद्यान्न वीरगन्ज भित्रिएको थियो, गत आर्थिक आर्थिक वर्षमा त्यो आकार ४२ अर्बमा पुगेको छ, यही तथ्याङ्कले हाम्रो देश कति आत्मनिर्भर छ भन्ने कुराको पुष्टी गर्छ ।

आयातीत खाद्यान्न बाट २ अर्ब राजश्व संकलन
आर्थिक वर्षमा भारत तथा तेश्रो मुलुकबाट आयात भएका खाद्यान्नबाट मात्रै वीरगन्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय दुवैले गरी २ अर्ब ५३ करोड ६६ लाख १६ हजार ८ सय ९८ रुपैया राजश्व संकलन गरेका छन् ।

गत आर्थिक वर्षमा खाद्यान्न आयातबाट वीरगन्ज भन्सार कार्यालयले १ अर्ब १४ करोड ८६ लाख ८३ हजार र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले १ अर्ब ३८ करोड ७९ लाख ३३ हजार ८ सय ९८ रुपैयाँ राजश्व, संकलन गरेको बताईएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६,७७ मा भने वीरगन्ज नाकाका दुवै भन्सार कार्यालयले आकडा अनुसार खाद्यान्न आयातबाट २ अर्ब ८८ करोड ८४ लाख १९ हजार ३० रुपैयाँ राजश्व संकलन भएको छ । अन्नपुर्ण

प्रतिकृया दिनुहोस्