News Portal

नेपालमा अवैध मदिरा उत्पादन गरि विक्री गर्ने चिनियाँ नागरिक पक्राउ

ईसगरमाथा संवाददाताकाठमाण्डौं, १६ साउन
३४ पटक
काठमाण्डौं, १६ साउन

अवैध मदिरा उत्पादन गरि विक्री गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । अवैध रुपमा मदिरा उत्पादन गरी विक्रि वितरण गर्ने चिनियाँ नागरिक ५६ बर्षिय सि ज्वोइ रहेका छन्
अबैध सामान बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा शुक्रबार महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

काठमाण्डौं महानगरपालिका– २६ ठमेल स्थित छिन्ता लामाको घरमा भाडामा लिई होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि.का नाममा दर्ता गरी अवैध सामान बिक्री गरेको पाएपछी चिनियाँ नागरिक पक्राउ परेका छन् ।
चिनियाँ नागरिक सि ज्वोइले लुकाईछिपाई राखेको अवस्थामा अवैध मदिरा उत्पादन गर्ने मेसिन र उक्त मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पद्वार्थ साथै विक्रि वितरणको लागि तयार पारिएको मदिरा समेत आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानिय जनप्रतिनिधिको रोहबरमा बरामद गरिएको छ ।

उत्पादनमा प्रयोग हुने सामानहरुमा चार वटा स्टिलको मेसिन , मदिरा जम्मा गर्ने ट्याङ्की , मदिरा तौल गर्ने मेसिन , रातो हरियो रङको ८० लि. को प्लाष्टिक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ड्रम ११३ थान लगायतका सामग्री बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका सीलाई थप हनुसन्धान गरि आवश्यक कानुनी कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय महाराजगंज,काठमाण्डौमा बुझाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्