News Portal

म्याद सकिएका सामानमा नयाँ मिति राखेर बिक्री गर्ने दुई पक्राउ

झन्डै २ करोड मूल्यको सामग्री बरामद

ईसगरमाथा संवाददाताकाठमाण्डौ, १९ साउन
४१ पटक
काठमाण्डौ, १९ साउन

म्याद सकिएको कस्मेटिक सामग्रीमा नयाँ मिति राखेर बिक्री–वितरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगन्ज–१३ घर भई हाल काठमाण्डौको छाउनीमा बस्ने ३१ बर्षिया अविनाश अग्रवाल र भारत राजस्थान स्थायी घर भई हाल काठमाण्डौ १५ सानो भ¥याङ बस्ने बर्ष ४१ का महावीर गजुर रहेका छन् ।

महानगरीय अपाध महाशाखावाट खटिएको प्रहरी टोलीले काठमाण्डौ १५सानो भर्याङ स्थित घरमा खानतलासी गर्दा समिट कमर्सियल प्रा.लि.ले भाडामा लिएको साढे ३ तले घरमा पुराना सामानलाई नयाँ मितिका स्टिकर टाँसी बजार पठाउन तयारी राखिएका सामाग्रीहरु बरामद गरेको थियो ।

उक्त घरवाट अम्दाजी एक करोड बराबरको म्याद गुज्रेका कस्मेटिकका सामानहरु बरामद गरेको महानगरीय अपाध महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौ २२ भोटेबहालमा रहेको गोदामबाट पनि एक करोड बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु बरामद गरिएको छ ।

उनीहरुले बडि स्प्रे, एयर फर्सेन्र, स्याम्पो तथा कार वास लगायतका सामानमा रहेको पुराना मिति लाई उप्काई स्टिकरमा नँया मिति राखी बिक्री बितरण गर्दै आएको महाशाखाले जनाएको छ । प्रहरीले आरोपीहरुलाई पक्राउ गरी बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभागको समन्वयमा गोदाममा सिलबन्धी गरि थप अनुसन्धान तथा कारबाहिको लागी बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमहल पठाईएको जनाएको छ ।

उनीहरूले सो घरमा म्याद गुज्रिएका विभिन्न कस्मेटिक सामग्री भण्डारण गर्दै आएका थिए । प्रहरीका अनुसार भाटभटेनी, बिग मार्टलगायतका स्थापित चेन सुपरमार्केटबाट म्याद गुज्रिएका सामग्री उनीहरूले लिन्थे । सोही सामग्रीमा नयाँ लेबल र मिति टाँस्थे अनि बजारमा लगेर बिक्री गर्थे । उनीहरूले समिट कमर्सियल प्रालिको आवरणमा अवैध धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्