News Portal

नदिजन्य पदार्थको अवैध उत्खन्न गर्ने ३२ सवारी साधनलाई कारवाही

ईसगरमाथा संवाददातापर्वत, २० साउन
२४ पटक
पर्वत, २० साउन

कालीगण्डकी नदीमा अवैध रूपमा नदीजन्य सामाग्री उत्खनन् गर्ने ३२ वटा सवारी साधन लाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ ।

अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन् भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालीकाका बिभिन्न स्थानबाट टिपर, ट्याक्टर र स्काभेटरहरु नियन्त्रणमा लिएको हो ।

कालिगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन् गरिरहेका टिपर ५ वटा, स्काभेटर ९ वटा र ट्याक्टर १८ वटा गरी जम्मा ३२ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पर्वतमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ती सवारी धनीले नगरपालिकालाई ५ लाख २ हजार ५ सय जरिवाना तिरेका छन् । जरिवाना तिरेको रसिदका आधारमा मात्रै प्रहरीले धनीलाई सवारी फिर्ता लैजान दिएको र केही सवारी साधनहरुले जरिवाना रकम तिर्न अझै बाँकी रहेकोले यस कार्यालयको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्