News Portal

सरकार जोगाउन आफूलाई बन्धक बनाइएको सांसद वलीको आरोप

ईसगरमाथा संवाददाताकाठमाडौं, २१ साउन
३४ पटक
काठमाडौं, २१ साउन

प्रदेश सभा सांसद विमला खत्री वलीले लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको आरोप लगाएकी छन् ।

बुधबार माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलको सम्पर्कमा पुगेकी वलीले आफ्नो नाममा एमाले संसदीय दलले निकालेको विज्ञप्ति समेत झुटो रहेको आरोप लगाएकी छिन् ।

मुख्यमन्त्रीकै कार्यालयमा वली लाई बन्धक बनाइएको र ठूलो प्रयासपछि बुधबार सम्पर्कमा आएको प्रदेश सांसद दामा शर्माले बताइन्  ।

वलीले सबै घटनाक्रमबारे पत्रकार सम्मेलन मार्फत आफू एमाले प्रवेश नगरेको र सार्वजनिक विज्ञप्ति निकाल्ने तयारी रहेको बताएकी छन् । यस अघि एमालेले सांसद वलि आफ्नो पार्टीमा प्रवेश गरेको विज्ञप्ति निकालेको थियो ।

एमाले पार्टीका नेताहरुले उपचारका लागि दाङबाट नेपालगन्ज लैजाने भन्दै बुटवल पुराएर मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर राखेकोे वलीले दाबी गरेकी छन् ।

प्रदेश सांसद वलीको नाममा एमाले पार्टीद्धारा सोमबार जारी विज्ञप्तिमा उनी माओवादी केन्द्र छाडेर आफ्नै पुरानो पार्टी एमाले प्रवेश गरेको उल्लेख थियो ।

प्रतिकृया दिनुहोस्