News Portal

युवकलाई बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

ईसगरमाथा संवाददाताजाजरकोट, २१ साउन
२८ पटक
जाजरकोट, २१ साउन

जाजरकोटमा युवकलाई बाँधेर कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवक सर्वे दमाईमाथि गत साउन १५ गते कुटपिट गरेका थिए ।

वडाध्यक्ष नेपालीले ती युवकलाई सार्वजनिक रूपमै कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ सार्वजनिक भएर चौतर्फी आलोचना भएपछि वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उक्त घटनाका पीडितले जाहेरी नदिए पनि उनीमाथि मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । साउन १५ गते वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै थियो । त्यसैक्रममा सर्पे दमाईले मापसे सेवन गरेर होहल्ला गरेको प्रहरीको भनाइ छ ।

घटनापछि प्रहरी पुग्दा त्यहाँ अवस्था सामान्य भएको र चोटपटक नलागेको हुँदा पीडितलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको थियो । तर पछि भिडिओ हेर्दा अमानवीय व्यवहार गरेको देखिएको हुँदा वडाध्यक्षलाई पक्राउ गर्नुपर्ने अवस्था आएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्